जाजरकोट भूकम्प : भारत सरकारबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो
काठमाडौँ । भारत सरकारको तर्फबाट नेपालका भूकम्प प्रभावित परिवारहरुका लागि आपत्कालीन राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुगेको छ । भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपालगञ्जका मेयर प्रशान्त विष्टको उपस्थितिमा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरेका हुन् ।

अत्यावश्यक चिकित्सा तथा सरसफाइ सामग्री, त्रिपाल, स्लीपिङ्ग ब्याग र कम्बल सहितको ९ टन राहत सामग्री भारतीय वायुसेनाको विशेष विमान सी–१३० ले नेपालगञ्ज ल्याइपुर्याएको थियो । यी राहत सामग्रीको हस्तान्तरण यही कार्तिक १७ गते जाजरकोटमा गएको भूकम्पपछि नेपाल सरकारलाई सहयोग गर्ने भारत सरकारको प्रयासको एक हिस्साको रुपमा रहेको भारतीय दूतावासले जनाएको छ ।

त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ्ग ब्याग, अत्यावश्यक औषधी र चिकित्सा उपकरण सहितको ११ टन भन्दा बढी आपत्कालीन राहत सामग्रीको पहिलो खेप भारतले नेपाल सरकारलाई कार्तिक १९ गते हस्तान्तरण गरेको थियो । जाजरकोटको भूकम्पले निम्त्याएको यो मुस्किल घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग प्रदान गर्न भारत तयार रहेको दूतावासको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण