आइसीसी क्रिकेट विश्वकप
‘टाइमआउट’ को चर्चाबिच बंगलादेशले श्रीलंकालाई हरायो
सोमबार, २० कात्तिक २०८०, २२ : ३०
नयाँ दिल्ली । विश्वकपको ३८औं खेलमा बंगलादेशले श्रीलंकालाई तीन विकेटले पराजित गरेको छ । नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा भएको यो खेलमा बंगलादेशका कप्तान शकिब अल हसनले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए ।
श्रीलंकाले ४९.३ ओभरमा २७९ रन बनायो। टोलीका लागि चरित असालान्काले १०८ रन बनाए भने सादिरा समाराविक्रमा र पाथुम निसान्काले ४१–४१ रनको योगदान दिए । बंगलादेशका लागि तान्जिद हसनले सर्वाधिक ३ विकेट लिए । यसबाहेक कप्तान शाकिब र शोरिफुल इस्लामले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको बंगलादेशका लागि नजमुल हुसेन शान्तोले सर्वाधिक ९० रन बनाए भने कप्तान शकिब अल हसनले ८२ रनको उत्कृष्ट इनिङ्स खेले । श्रीलंकाका खेलाडी एन्जेलो म्याथ्युजको समय आउट भएका कारण यो खेलको निकै चर्चा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण