शरीरमा आइरनको पूर्ति कसरी गर्ने ?
काठमाडौं । आइरन हाम्रो शरीरका लागि निकै जरुरी रसायनिक तत्व हो । शरीरमा पर्याप्त मात्रामा रक्त कोषिकाहरूको निर्माणमा यसले मद्दत पुर्याउँछ । यसले रगतमा होमोग्लोबिन भनिने प्रोटिन बनाउने काम पनि गर्छ । फोक्सोबाट अक्सिजनलाई रगतको माध्यमबाट शरीरका सबै अंगहरुमा पुर्याउने काम होमोग्लोबिनले गर्छ ।
पुरुषको तुलनामा महिलाहरूमा आइरनको कमी धेरै भेटिन्छ । शरीरमा आइरन अभाव भएपछि कयौँ खालका लक्षणहरू देखिन थाल्छन् । तर प्रायः मानिस यस्ता लक्षणलाई वेवास्ता गरिदिन्छन् । धेरै जसो महिलाहरुले गर्भावस्थामा आइरनको अभावको सामना गर्छन् । मासिकश्रावका कारण पनि महिलाका शरीरमा आइरनको स्तर कम हुन थाल्छ । यस्तोमा शरीरमा आइरनको पूर्ति कसरी गर्ने त ?
१९ देखि ५० वर्षका महिलाहरुले हरेक दिन १८ मिलीग्राम आइरन सेवन गर्नु पर्ने डाक्टहरू बताउँछन् । तर सोही उमेरका पुरुषहरूलाई ८ मिलिग्राम मात्रै आइरन भए पुग्छ । गर्भवति वा स्तनपान गराइरहेका महिला, किड्नीका बिरामी, अल्सर, ग्यास्ट्रोइन्टेस्टाइनल डिसअर्डर, वेट लस सर्जरी, धेरै व्यायाम गर्ने अनि शाकाहारीलाई पनि बढी मात्रामा आइरन सेवन गर्न भनेर सल्लाह दिने गरिएको छ ।
आइरन पाइने खानेकुराहरू पर्याप्त मात्रामा सेवन नगर्नु वा शरीरले आइरनलाई राम्रोसँग सोस्न नसक्नु आदिका कारण पनि शरीरमा आइरनको कमी हुन सक्छ । त्यसैले आइरन पर्याप्त पाइने खानेकुरा खानु डाक्टरहरु सुझाउँछन् । शरीरमा आइरनको कमी पूरा गर्न लिन सिमी, दाल, तोफु, पालुंगोको साग, ब्रोकाउली आदि खान उनीहरुको सुझाव छ ।
त्यस्तै भिटामिन सीयुक्त खानेकुरा पनि खानुपर्छ । तपाईंले आइरन पर्याप्त मात्रामा पाइने खानेकुराहरुको साथमा भिटामिन सीको पनि सेवन गर्दा शरीरलाई आइरनलाई शोस्न मद्दत मिल्छ ।
यो त भयो खान हुने कुराहरु । आइरनको अभाव भएका व्यक्तिहरुले चिया, कफी जस्ता पेय पदार्थ कम से कम सेवन गर्नुपर्छ । यिनीहरुले शरीरमा आइरनको अवशोषणलाई रोक्छ । तपाईले डाक्टरको सल्लाहमा आइरन सप्लिमेन्ट्सको सेवन गर्न पनि सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण