आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बीमा क्षेत्रको नियामक निकाय बलियो नहुँदा बीमा क्षेत्रमा समस्या छन् : अर्थमन्त्री महत

मङ्गलबार, २१ कात्तिक २०८०, १८ : २३
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा क्षेत्रमा नियामक निकाय बलियो नहुँदा बीमा क्षेत्रमा समस्या रहेको बताएका छन् ।  

मंगलबार पुनर्बीमा कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवको अवसर नेपाल पुनर्बीमा स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको बीमा क्षेत्र सुधारको लागि नियामक निकाय बलियो हुन आवश्यक रहेको बताए । उनले पछिल्लो समय बीमा क्षेत्रलाई नियमन गर्ने निकाय मजबुत हुन नसक्दा समस्या आइरहेको उल्लेख गरे । 

अर्थमन्त्री महतले बीमाको नियामक निकाय र बीमा क्षेत्र सुधारको आवश्यकता रहेको बताए । उनले नेपालका ठूला जलविद्युत आयोजना निर्माण हुन लागेको र जलवायु परिवर्तनको समेत असर बढ्दै गएकाले पुनःबीमा कम्पनी ठूलो महत्त्व रहेको बताए । उनले बीमामा निजी क्षेत्रलाई पनि प्रतिस्पर्धी बनाउनको लागि राज्यको उपस्थिति बलियो बनाएर निजी क्षेत्रमा हुने अनियमिततालाई रोक्न सक्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले सरकारी स्वामित्वमा रहेको संस्थाहरुमा जिम्मेवार व्यक्तिहरुले व्यावसायिक हिसाबले काम नगरेको अवस्था रहेको बताए ।

पुनर्बीमा कम्पनीले आफ्नो दशौँ वार्षिकोत्सवको अवसर पारेर जाजरकोटका भूकम्प पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँको सहयोग गरेको हो । सोही अवसरमा कम्पनीले प्रकाशित गरेको नेपाल पुनर्बीमा स्मारिका २०८० अंक २ समेतको विमोचन समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप