बीमा क्षेत्रको नियामक निकाय बलियो नहुँदा बीमा क्षेत्रमा समस्या छन् : अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बीमा क्षेत्रमा नियामक निकाय बलियो नहुँदा बीमा क्षेत्रमा समस्या रहेको बताएका छन् ।
मंगलबार पुनर्बीमा कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवको अवसर नेपाल पुनर्बीमा स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको बीमा क्षेत्र सुधारको लागि नियामक निकाय बलियो हुन आवश्यक रहेको बताए । उनले पछिल्लो समय बीमा क्षेत्रलाई नियमन गर्ने निकाय मजबुत हुन नसक्दा समस्या आइरहेको उल्लेख गरे ।
अर्थमन्त्री महतले बीमाको नियामक निकाय र बीमा क्षेत्र सुधारको आवश्यकता रहेको बताए । उनले नेपालका ठूला जलविद्युत आयोजना निर्माण हुन लागेको र जलवायु परिवर्तनको समेत असर बढ्दै गएकाले पुनःबीमा कम्पनी ठूलो महत्त्व रहेको बताए । उनले बीमामा निजी क्षेत्रलाई पनि प्रतिस्पर्धी बनाउनको लागि राज्यको उपस्थिति बलियो बनाएर निजी क्षेत्रमा हुने अनियमिततालाई रोक्न सक्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले सरकारी स्वामित्वमा रहेको संस्थाहरुमा जिम्मेवार व्यक्तिहरुले व्यावसायिक हिसाबले काम नगरेको अवस्था रहेको बताए ।
पुनर्बीमा कम्पनीले आफ्नो दशौँ वार्षिकोत्सवको अवसर पारेर जाजरकोटका भूकम्प पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ । नेपाल पुनर्बीमा कम्पनीले पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रको उद्धारको लागि २५ लाख रुपैयाँको सहयोग गरेको हो । सोही अवसरमा कम्पनीले प्रकाशित गरेको नेपाल पुनर्बीमा स्मारिका २०८० अंक २ समेतको विमोचन समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण