कर्णाली सरकारले पठायो भूकम्प प्रभावित पालिकाहरुमा रकम, कुन पालिकालाई कति ?

सुर्खेत । कर्णाली प्रदेश सरकाले भूकम्प प्रभावित जिल्लाका पालिकाहरुलाई रकम पठाएको छ। प्रदेश सरकारले जाजरकोट, रुकुम पश्चिम र सल्यानका पालिकाहरुलाई दुई करोड ४५ लाख रकम पठाइएको हो ।
भूकम्प प्रभावित नागरिकहरुलाई राहत सामग्री खरिद तथा वितरण र उद्धारका लागि उक्त रकम पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
सबैभन्दा बढी प्रभावित भएका पालिकाहरु जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिकालाई २५ लाखका दरमा रकम पठाइएको छ भने जाजरकोटको कुशे गाउँपालिका, रुकुमको चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २० लाखका दरमा रकम पठाइएको छ ।
यस्तै जाजरकोटको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकालाई १० लाखका दरमा रकम पठाइएको छ।
सल्यानको दार्मा गाउँपालिकामा १५ लाख, वनगाड र बागचौर नगरपालिकालाई ५ लाखका दरमा रकम पठाइएको मन्त्रालयले जनाएको छ।
यस्तै रुकुमको बाँफिकोट गाउँपालिका, मुसिकोट नगरपालिका र जाजरकोटको शिवालय गाउँपालिकामा पनि ५ लाखका दरमा रकम पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ