कर्णाली सरकारले पठायो भूकम्प प्रभावित पालिकाहरुमा रकम, कुन पालिकालाई कति ?
सुर्खेत । कर्णाली प्रदेश सरकाले भूकम्प प्रभावित जिल्लाका पालिकाहरुलाई रकम पठाएको छ। प्रदेश सरकारले जाजरकोट, रुकुम पश्चिम र सल्यानका पालिकाहरुलाई दुई करोड ४५ लाख रकम पठाइएको हो ।
भूकम्प प्रभावित नागरिकहरुलाई राहत सामग्री खरिद तथा वितरण र उद्धारका लागि उक्त रकम पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
सबैभन्दा बढी प्रभावित भएका पालिकाहरु जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिकालाई २५ लाखका दरमा रकम पठाइएको छ भने जाजरकोटको कुशे गाउँपालिका, रुकुमको चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई २० लाखका दरमा रकम पठाइएको छ ।
यस्तै जाजरकोटको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकालाई १० लाखका दरमा रकम पठाइएको छ।
सल्यानको दार्मा गाउँपालिकामा १५ लाख, वनगाड र बागचौर नगरपालिकालाई ५ लाखका दरमा रकम पठाइएको मन्त्रालयले जनाएको छ।
यस्तै रुकुमको बाँफिकोट गाउँपालिका, मुसिकोट नगरपालिका र जाजरकोटको शिवालय गाउँपालिकामा पनि ५ लाखका दरमा रकम पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण