दक्षिण अफ्रिका र अस्ट्रेलिया सेमिफाइनलमा भिड्ने, भारतको प्रतिस्पर्धी टुङ्गो लाग्न बाँकी
काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत तीनवटा टिम सेमिफाइनलमा पुगेका छन् भने एउटा टिमको टुङ्गो लाग्न बाँकी छ । मंगलबार अफगानिस्तानलाई पराजित गरेसँगै अस्ट्रेलियाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
यसअघि भारत अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनिसकेको थियो । त्यस्तै दक्षिण अफ्रिका पनि अंक तालिकामा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
अंक तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले लिग चरणका ८–८ खेल खेलिसकेका छन् । यी तीनै टिमले अब एक–एक खेल खेल्न बाँकी छ । यद्यपि यी तीनै टिमको बाँकी खेलले यिनको आफ्नै समीकरणमा भने खासै प्रभाव पार्ने छैन । किनकि, भारत १६ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा रहेका दक्षिण अफ्रिका र अस्ट्रेलियाको समान १२–१२ अंक छ ।
शीर्ष चार टोलीमध्ये पहिलो सेमिफाइनल खेल पहिलो नम्बरमा रहेको टिम र चौथो नम्बरमा रहेको टिमबिच हुनेछ । यस्तै, दोस्रो र तेस्रो नम्बरमा रहेका टिमबिच दोस्रो सेमिफाइनल खेल हुनेछ । त्यसैले आफ्नो बाँकी एक खेलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाले हारे पनि वा जिते पनि यी दुई टोली नै दोस्रो र तेस्रो पोजिसनमा रहने छन् । किनकि, चौथो स्थानमा पुग्ने टोलीसँग बढीमा १० अंकमात्र हुनेछ ।
यसअर्थ, जारी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ । सेमिफाइनलमा पुग्ने चौथो टिमसँग भारतले प्रतिस्पर्धा गर्नेछ । तर, सेमिफाइनलको चौथो सिटका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान दाबेदारका रुपमा देखिएका छन् । यी तीन वटै टिमसँग हाल ८–८ अंक छ । यिनैमध्ये कुनै एउटा टिमसँग भारतले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण