जाजरकोट र रुकुमका भूकम्प पीडितलाई नरैनापुरबाट सहयोग सामग्री पठाइयो
बुधबार, २२ कात्तिक २०८०, १२ : ०५

बाँके। बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २ लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ ।
कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले प्रभावित क्षेत्रहरूमा बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल मार्फत सहायता सामाग्री पठाएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।
नरैनापुर गाँउपालिकाका प्रेस विज्ञ आलम खानले प्रमुख प्रशासकिय अधिकृत खराल सहित वडा नं ४ का अध्यक्ष मनोज शर्मा र वडा नं. ५ का अध्यक्ष कृष्णचन्द मौर्यले प्रमुख जिल्ला अधिकारी पोख्रेललाई सहायता सामग्री सहितको पत्र हस्तान्तरण गरेको बताए । उनका राहतमा अनुसार चामल, दाल, नुन, आयोडिन लगायतका सामग्री रहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर