भूकम्पपीडितका लागि प्राधिकरणद्वारा एक करोड प्रदान
काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गर्नुभएको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले दिए ।
जाजरकोट केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी एक सय ५३ जनाको मृत्यु भएको छभने दुई सय ५० भन्दा बढी घाइते भएका छन् । घाइते तथा स्थानीय पीडितका लागि विभिन्न सरकारी निकाय एवं सङ्घसंस्थाले सहयोग उपलब्ध गराउने क्रम जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यासको मतगणनामा के भएको थियो २ वर्षअघि ?
-
आईपीएलमा आज : राजस्थानलाई शीर्ष दुईमा स्थान पक्का गर्ने अवसर
-
सत्ता गठबन्धनले पार्टी विभाजन गरेको जसपा नेपालको निष्कर्ष
-
गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य ४०, आलु रातोको ५२ रुपैयाँ (सूचीसहित)
-
आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार
-
लिग उपाधिबाट सिटी एक जित टाढा