चीनको युनान प्रान्तले भूकम्प पीडितलाई ५० हजार डलर सहयोग गर्ने
काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ ।
सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँगको औपचारिक भेटवार्ताका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले सहयोगको घोषणा गरेका हुन् ।
भेटका क्रममा सचिव वाङ निङले असल छिमेकीको हिसाबले नेपाललाई दैवी प्रकोपमा सहयोग गर्न तत्पर रहेको उल्लेख गरे । उनले युनान प्रान्त कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसँग साट्न आफूहरू तयार रहेको बताए । अध्यक्ष नेपालले पनि सहयोगका लागि धन्यवाद दिँदै कृषिमा युनानले प्राप्त गरेको उपलब्धिलाई नेपाले पनि सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको आमन्त्रणमा अध्यक्ष नेपाल, उपाध्यक्षसमेत रहेका कृषिमन्त्री वेदुराम भुसालसहितको १५ सदस्यीय टोली साताव्यापी चीन भ्रमणमा छ । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीलाई चीनले पहिलोपटक औपचारिक आमन्त्रण गरेको हो । यस क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेताहरुसँग भेटघाट हुने कार्यक्रम रहेको उपाध्यक्ष भुसालले जानकारी दिए । उनले भने, ‘हाम्रो पार्टीलाई चीनले महत्त्व दिएको पायौँ । भेटघाट सुरु भएको छ । नेताहरुसँग भेट्ने देश र पार्टी हितका विषयमा कुरा हुँदैछन् । उहाँहरुको व्यवहारले हामीलाई उत्साहित बनाएको छ ।’
बिहीबार कुङ्मिङमा राजनीति दल र कृषि कोअपरेशन भन्ने विषय चिनियाँ कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । उक्त सम्मेलनलाई पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सम्बोधन गर्नेछन् । सम्मेलनमा भाग लिन एसियाका ११९ वटा पार्टीका प्रतिनिधि कुङ्मिङ आइपुगेको बताइएको छ । नेपालबाट कांग्रेस र राप्रपासहितका दलका प्रतिनिधिले पनि सम्मेलनमा सहभागी जनाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण