सेभियामाथि आर्सनलको सहज जीत
बिहीबार, २३ कात्तिक २०८०, ०९ : ५१
लण्डन । आर्सनलले स्पेनिस क्लब सेभियामाथि २–० को जीत हासिल गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
खेलको २९ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै प्रिमियर लिग क्लबलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६४ औँ मिनेटमा बुकायो साकाले दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
जीतपछि ४ खेलबाट ९ अङ्क बटुल्दै आर्सनल समूह बीको शीर्ष स्थानमा रहेको छ । सेभिया मात्र दुई अंकसहित पुछारमा रहेको छ । समूहकै अन्य खेलमा पीएसभी एइन्डहोभनले लेन्सलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लेको छ । समान अङ्क भए पनि लेन्स तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण