एघारौँ शताब्दीमा बनेको गुम्बा मर्मत
बिहीबार, २३ कात्तिक २०८०, १० : ३०
सिमकोट । हुम्लाको नाम्खा गाउँपालिका–६ हल्जी गाउँमा एघारौँ शताब्दीमा निर्माण भएको हल्जी थुप्देन रिन्जिलिङ गुम्बाको मर्मत कार्य पूरा भएको छ । जीर्ण अवस्थामा रहेको ऐतिहासिक गुम्बाकोे तीन वर्ष लगाएर मर्मत पूरा भएको हो ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको पुरानो कलाले भरिएको गुम्बाको मर्मत पूरा भएको जानकारी दिए । गुम्बा मर्मत गर्न पुरातत्व विभाग, प्रदेश सरकार र गाउँपालिकाको झण्डै रु एक करोड खर्च भएको उनले बताए ।
बहुमूल्य मूर्ति भएको गुम्बा मर्मतपछि पुरानै स्वरुपमा परिणत भएको वडाध्यक्ष तामाङले बताए । गुम्बाको केही पुरानो भागलाई मर्मत गरिएको छ भने केही नयाँ संरचनासमेत तयार पारिएको छ । गुम्बा रहेको क्षेत्रमा अतिथिगृह पनि निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण