विश्वकपमा आज : सेमिफाइनल पुग्न अफगानिस्तानले दक्षिण अफ्रिकालाई ४३८ रनले हराउनुपर्ने
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा शुक्रबार दक्षिण अफ्रिकाले अफगानिस्तानको सामना गर्दैछ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने उक्त खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।
दक्षिण अफ्रिका जारी विश्वकपमो सेमिफाइनलमा पुगिसकेको छ भने अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना प्राविधिक रुपमा मात्र बाँकी छ । भारत, दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै विश्वकपको सेमिफाइनलमा पुगिसकेका छन् ।
अब न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तामध्ये एक टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छ । त्यसमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सम्भावना अत्यन्तै बढी छ । पाकिस्तान र अफगानिस्तानको सम्भावना भने प्राविधिक रुपमा मात्र बाँकी छ ।
प्रारम्भिक चरणमा आफ्नो सबै खेल खेलिसकेको न्युजिल्यान्ड १० अंकसहित तालिकाको चौथो स्थानमा आसिन छ । एक खेल खेल्न बाँकी पाकिस्तान आठ अंकसहित पाँचौँ स्थानमा छ । शुक्रबार दक्षिण अफ्रिकासँग आफ्नो अन्तिम खेल खेल्ने तयारीमा रहेको अफगानिस्तान आठ अंकसहित तालिकाको छैठौँ स्थानमा आसिन छ ।
तर, नेट रन रेटमा पाकिस्तानी र अफगानिस्तानभन्दा न्युजिल्यान्ड निकै अगाडि छ । न्युजिल्यान्डको नेट रन रेट ०.७४३ रहेको छ । पाकिस्तानको नेट रन रेट ०.०३६ छ । अफगानिस्तानको नेट रन रेट भने —०.३३८ रहेको छ ।
जारी विश्वकपको सेमिफाइनलमा पुग्न अफगानिस्तानले बिहीबारको खेलमा दक्षिण अफ्रिकालाई चार सय ३८ रनको विशाल अन्तरले हराउनु पर्ने हुन्छ । दक्षिण अफ्रिकालाई त्योभन्दा कम रनले हराएमा अफगानिस्तान सेमिफाइनलमा पुग्न असफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण