साढे २ घण्टामा १ हजार २५४ बियर खाएपछि बन्यो विश्व रेकर्ड
काठमाडौँ । बियर स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर, स्पेन घुम्न पुगेका ५५ जना जर्मन पर्यटकहरूले साढे २ घण्टामा १ हजार २५४ वटा बियर खाएर नयाँ विश्व रेकर्ड बनाएका छन् ।
मदिराका पारखी पर्यटकका आकर्षक मानिने प्लाया डि पाल्मामा एक अर्कालाई चिन्दै नचिनेका जर्मन पयर्टकहरुले ह्वाट्स एपमा प्लान बनाएर यसअघि जर्मनहरूले नै बनाएको विश्व रेकर्ड तोडे । जुलाईमा जर्मन पयर्टकहरुको एउटा समूहले छोटो समयमै १ हजार १११ वटा बियर खाएका थिए ।
पुरानो रेकर्ड तोडेर नयाँ रेकर्ड राख्ने प्रयास बिहान १०ः३० बजे शुरु भएर मध्यान्ह १ बजेतिर सकिएको थियो । १ हजार २५४ वटा बियर खाने समूहले अनुमान गरेको भन्दा एक घण्टा बढी लाग्यो । १२ बजेसम्ममा १ हजार २०० वटा बियर भ्याइसक्नेमा समूह विश्वस्त थियो । सो समूहका एक सदस्यले एक घण्टामा कम्तीमा पनि १० वटा बियर खान भ्याए । साढे २ घण्टाको अवधिमा औसतमा २२ वटा बियर खाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण