फिर्केखोला क्लियर गर्न पोखरा महानगरलाई उच्च अदालतको अंकुश, संरचना नभत्काउन आदेश

पोखरा । फिर्केखोला क्लियर गर्न पोखरा महानगरलाई उच्च अदालत पोखराले अङ्कुश लगाइदिएको छ । खोलाघरका संरचना हटाउन महानगरले ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाविरुद्ध उच्च अदालतमा मुद्दा पर्यो ।
शुक्रवार न्यायाधीश मिलन राईको एकल इजलासले तत्काल संरचना नहटाउन आदेश दिएको हो । सूचनाविरुद्ध फिर्के तमु समाजसहित विभिन्न सङ्घ–संस्थाले रिट दायर गरेका थिए । रिटमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, मुकुन्द अर्याल र अधिवक्ता केशवप्रसाद पराजुलीले बहस गरेका थिए ।
विभिन्न सङ्घ–संस्था तथा व्यक्ति गरी १३ निवेदक रहेको रिटमा पोखरा महानगरपालिका समेत ५ जनालाई विपक्षी बनाइएको थियो । महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न र कारण देखाउन आदेश दिएको हो ।
महानगरले कात्तिक १० गते ३५ दिने सूचना जारी गरेको थियो । गत साउन ४ देखि भदौ २ सम्म भएको नाप जाँचपछि महानगरलाई बुझाइएको प्रतिवेदनमा १ सय ६० संरचना खोलाघरमै बनेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
-
डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक
-
हेरा फेरी-३ बाट बाहिरिए ‘बाबु राव’
-
बलात्कार मुद्दामा फसेका अभिनेता एजाज खानको समस्या बढ्यो, अग्रिम जमानत अस्वीकार
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट