इन्डोनेसियामा दक्षिण पूर्वी एसियाकै ठुलो सौर्य प्लान्ट स्थापना
इन्डोनेसिया । इन्डोनेसियामा २५० हेक्टर क्षेत्रफल ओगटेको दक्षिण पूर्व एसियाकै सबैभन्दा ठुलो सौर्य प्लान्ट स्थापना ल्याएको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पश्चिम जाभा प्रान्तको सिराटा जलाशयभन्दा माथि २५० हेक्टर क्षेत्रफल ओगटेको दक्षिण पूर्व एसियाकै सबैभन्दा ठुलो तैरिरहेको सौर्य प्लान्टको उद्घाटन गरेका हुन् ।
चीनको पावर चाइना हुआडोङ इन्जिनियरिङ कर्पोरेसन लिमिटेडद्वारा निर्माण गरिएको यो पावर प्लान्ट इन्डोनेसियाको राज्य विद्युत् निगम पीएलएन र संयुक्त अरब इमिरेट्सको ऊर्जा कम्पनी मस्दारबीच १४ करोड ५० लाख अमेरिकी डलरको लगानीमा निर्माण गरिएको हो । ३ लाख ४० हजार भन्दा बढी सौर्य प्यानलहरू भएको जलाशयको सतहमा फैलिएको १९२ मेगावाट–पीक क्षमताको पावर प्लान्टले वार्षिक ३ सय मिलियन किलोवाट–घण्टा ऊर्जा उत्पादन गर्न सक्छ ।
विडोडोले कार्बन उत्सर्जन घटाउने र सन् २०६० सम्ममा शुद्ध शून्य उत्सर्जन गर्ने लक्ष्यलाई पछ्याउन देशको प्रयासलाई समर्थन गर्न नवीकरणीय ऊर्जा क्षमता प्रयोग गर्न प्रोत्साहन पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण