खनाल निवासमा अनेरास्ववियूको देउसी भैलो
शनिबार, २५ कात्तिक २०८०, १३ : ३३
_4EIgmjG8wl.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले पूर्वप्रधानमन्त्री एवम् सो पार्टीका सम्मानित नेता झलनाथ खनालको निवासमा देउसी भैलो खेलेको छ । शनिबार सो संगठनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित विद्यार्थीको सहयोगार्थ खनाल निवासमा देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो ।
देउसी भैलो कार्यक्रममा एकीकृत समाजवादीका नेताहरु खनाल, रामकुमारी झाक्री लगायतको उपस्थिति रहेको थियो । सो संगठनले देउसी भैलोमा संकलित रकम भूकम्प पीडित विद्यार्थीलाई उपलव्ध गराउने जनाएको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसीमा राफ्टिङ (तस्बिरहरू)
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
अमेरिकामा चार जना नेपाली मृत फेला
-
बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल
-
बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग
-
नेपालका चाडपर्वले एकताको सन्देश दिएका छन् : सभामुख घिमिरे