भाटभटेनीद्वारा जाजरकोटका भूकम्पपीडितलाई ४२ हजार किलो चामल सहयोग
शनिबार, २५ कात्तिक २०८०, १६ : ४९
काठमाडौँ । भाटभटेनी सुपरमार्केटले जाजरकोट जिल्लाका भूकम्पपीडितलाई १ हजार ६८० बोरा चालम राहतस्वरुप प्रदान गरेको छ । क्षेत्रीय प्रबन्धक विनोद भट्टराईका अनुसार ४२ हजार किलो जिरा मसिनो चामल जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत भूकम्प पीडितलाई हस्तान्तरण गरिएको हो ।
राहत स्वरूप प्रदान गरिएको चामलको कूल मूल्य ३५ लाख रुपैयाँ रहेको छ । सुपरमार्केटले यसअघि रुकुम पश्चिम जिल्लाका भूकम्प पीडितका लागि पनि चामल राहत स्वरूप पठाएको थियो । सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय १ रुपैयाँ सहयोग पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण