सलमान र कट्रिनाको टाइगर थ्रीले बनाउन सकेन रेकर्ड
नयाँ दिल्ली । सलमान खान र कट्रिना कैफको बहुप्रतिक्षित टाइगर ३ दिवालीको अवसर पारेर रिलिज भएको थियो । फिल्मको एडभान्स बुकिङ हेर्दा यो फिल्मले यस वर्षका दुई ब्लकबष्टर फिल्म पठान र जवानको रेकर्ड नै तोड्छ कि जस्तो लागेको थियो । तर यस्तो भएन ।
यद्यपि, यो फिल्मले सनी देओलको गदर २ को ओपनिङ डेको कलेक्शनलाई भने उछिनेको छ । दर्शकहरुबाट टाइगर थ्रीले राम्रो रेस्पोन्स पाइरहेको छ । फिल्मले पहिलो दिनमा ४४ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेको सैकनिल्कको रिपोर्टले देखाएको छ । फिल्मको हिन्दी संस्करणले ४३ करोड २० लाख रुपैयाँ कमायो । तेलुगुमा १ करोड १५ लाख रुपैयाँ र तमिलमा १५ लाख रुपैयाँ मात्रै कमाई गर्यो । संसारभर भने पहिलो दिनमा फिल्मको कमाई ५० करोड थियो ।
पहिलो दिनको एडभान्स बुकिङमा फिल्मको ८ लाख ७७ हजार ओटा टिकट विक्री भएको थियो । यस हिसाबले फिल्मले एडभान्स बुकिङबाट ३० करोड कमाएको थियो । पहिलो दिनको कलेक्सनको मामिलामा सलमान खान शाहरुख भन्दा अगाडि जान सकेनन् । शाहरुखको जवानले ओपनिङ डेमा ६५ करोड रुपैयाँ कलेक्सन गरेको थिए । तमिल र तेलुगुको कलेक्सन १० करोड रुपैयाँ थियो । जवानको आपनिङ डेको कलेक्सन भारतमा ७५ करोड र संसारभर १ अर्ब रुपैयाँभन्दा धेरै थियो ।
तोड्न सकेन पठानको रेकर्ड
शाहरुख खानको पठानले ओपनिङ डेमा रेकर्डतोड कलेक्सन गरेको थियो । विवादमा घेरिएर पनि यो फिल्मले ५७ करोड रुपैयाँ कलेक्सन गर्यो । सनी देओलको गदर २ ले ओपनिङ डेमा ४० करोड १० लाख रुपैयाँ कलेक्सन गरेको थियो । सलमान खानको टाइगर ३ ले गदर २ को भन्दा अलि बढी मात्रै कलेक्सन गर्यो । तर पठानको रेकर्ड तोड्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण