सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान र कट्रिनाको टाइगर थ्रीले बनाउन सकेन रेकर्ड

सोमबार, २७ कात्तिक २०८०, ११ : १९
सोमबार, २७ कात्तिक २०८०

नयाँ दिल्ली । सलमान खान र कट्रिना कैफको बहुप्रतिक्षित टाइगर ३ दिवालीको अवसर पारेर रिलिज भएको थियो । फिल्मको एडभान्स बुकिङ हेर्दा यो फिल्मले यस वर्षका दुई ब्लकबष्टर फिल्म पठान र जवानको रेकर्ड नै तोड्छ कि जस्तो लागेको थियो । तर यस्तो भएन ।

यद्यपि, यो फिल्मले सनी देओलको गदर २ को ओपनिङ डेको कलेक्शनलाई भने उछिनेको छ । दर्शकहरुबाट टाइगर थ्रीले राम्रो रेस्पोन्स पाइरहेको छ । फिल्मले पहिलो दिनमा ४४ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेको सैकनिल्कको रिपोर्टले देखाएको छ । फिल्मको हिन्दी संस्करणले ४३ करोड २० लाख रुपैयाँ कमायो । तेलुगुमा १ करोड १५ लाख रुपैयाँ र तमिलमा १५ लाख रुपैयाँ मात्रै कमाई गर्‍यो । संसारभर भने पहिलो दिनमा फिल्मको कमाई ५० करोड थियो ।

पहिलो दिनको एडभान्स बुकिङमा फिल्मको ८ लाख ७७ हजार ओटा टिकट विक्री भएको थियो । यस हिसाबले फिल्मले एडभान्स बुकिङबाट ३० करोड कमाएको थियो । पहिलो दिनको कलेक्सनको मामिलामा सलमान खान शाहरुख भन्दा अगाडि जान सकेनन् । शाहरुखको जवानले ओपनिङ डेमा ६५ करोड रुपैयाँ कलेक्सन गरेको थिए । तमिल र तेलुगुको कलेक्सन १० करोड रुपैयाँ थियो । जवानको आपनिङ डेको कलेक्सन भारतमा ७५ करोड र संसारभर १ अर्ब रुपैयाँभन्दा धेरै थियो ।

तोड्न सकेन पठानको रेकर्ड

शाहरुख खानको पठानले ओपनिङ डेमा रेकर्डतोड कलेक्सन गरेको थियो । विवादमा घेरिएर पनि यो फिल्मले ५७ करोड रुपैयाँ कलेक्सन गर्‍यो । सनी देओलको गदर २ ले ओपनिङ डेमा ४० करोड १० लाख रुपैयाँ कलेक्सन गरेको थियो । सलमान खानको टाइगर ३ ले गदर २ को भन्दा अलि बढी मात्रै कलेक्सन गर्‍यो । तर पठानको रेकर्ड तोड्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप