भूकम्पबाट आंशिक क्षति भएका घरपरिवारले पनि ५० हजार रुपैयाँ पाउने
काठमाडौँ । सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पूर्ण र आंशिक क्षति भएका घर परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिघर ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ण र आंशिक क्षति भएका घरपरिवारलाई प्रति घर ५० हजार रुपैयाँ दिने निर्णय भएको भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
‘अस्थायी आवास व्यवस्थापनका लागि पूर्ण र आंशिक क्षति भएका बस्न योग्य नभएका घरहरूको लागि ५० हजारका दरले रकम उपलब्ध गराउने निर्णय भएको छ’, मन्त्री ज्वालाले मन्त्रिपरिषद् बैठकको निर्णय उद्धृत गर्दै भने, ‘वडाले सिफारिस गरेका घर हुनुपर्यो र ती लगभग ६२ हजार घर भएको बुझिएको छ ।’
त्यस्तै संसदीय निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको ८ अर्ब २५ करोड र सरकारले १ अर्ब ७५ करोड थपेर १० अर्ब रकम भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
उक्त रकम भूकम्प पछिको पुनर्निर्माण र व्यवस्थापनका लागि खर्च गरिने छ । त्यसैगरी आवास बिमाका सम्बन्धमा अध्ययन गरेर प्रतिवेदन बुझाउन मुख्यसचिवलाई जिम्मेवारी प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण