आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वायु प्रदूषण बढेपछि दिल्लीमा पटाका बिक्रीमा प्रतिबन्ध

बुधबार, २९ कात्तिक २०८०, ११ : १३
बुधबार, २९ कात्तिक २०८०

काठमाडौँ । दीपावलीको अवसरमा दिल्लीमा वायु प्रदूषण फेरि बढेको छ ।

दिल्ली सरकारले कडा प्रतिबन्ध लगाए पनि दिवाली पर्व मनाउन पटाका पड्काउने लगायतका गतिविधि पनि दिल्लीमा वायु प्रदूषण फेरि डरलाग्दो स्तरमा पुगेको हो । 

दिल्ली वरपरका क्षेत्रहरूले पनि खतरनाक वायु प्रदूषण स्तर रिपोर्ट भएको छ । दिल्लीबाट करिब १५० माइल टाढा रहेको विश्वका सात आश्चर्य मध्येको एक ताजमहल धुवाँको बाक्लो तहले घेरिएको देखियो । 

दिवाली पर्वको केही दिन अगाडि, दिल्ली सरकारले वायु प्रदूषणलाई नियन्त्रणमा राख्नको लागि राष्ट्रिय राजधानीमा पटाका बिक्रीमा प्रतिबन्ध लगाएको छ । दिल्ली प्रदूषण नियन्त्रण बोर्डले भन्यो कि, सहरले पटाकाहरू पड्काएपछि प्रदूषण स्तरमा तीव्र रुपमा बढेको छ ।-सिन्ह्वा /न्युज एजेन्सी नेपाल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप