सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

टाइगर–३ को बक्स अफिस कलेक्सनमा गिरावट

बिहीबार, ३० कात्तिक २०८०, १३ : १३
बिहीबार, ३० कात्तिक २०८०

मुम्बई । दीपावलीको अवसर पारेर रिलिज गरिएको सलमान खान अभिनीत टाइगर–३ ले भारतमा ४४.५ करोड भारु कमाउँदै बक्स अफिसमा धमाकेदार सुरुवात गरेको थियो । रिलिजको पहिलो तीन दिनमा राम्रो कमाई गरेको चलचित्रको चौथो दिनमा भने आम्दानीमा ५० प्रतिशतले गिरावट देखिएको छ ।

बक्स अफिसबारे जानकारी दिने स्याकनिल्कको रिपोर्ट अनुसार मंगलबार ४४ करोड भारु कमाएको चलचित्रले बुधबार २२ करोड भारु मात्र कमाउन सक्यो । चलचित्रले हालसम्म घरेलु बक्स अफिसमा कूल १६९.५ करोड भारु कमाएको छ भने विश्वव्यापी रूपमा २४१.८५ करोड भारु कमाउन सफल भएको छ ।

मनिष शर्मा निर्देशित चलचित्र देशभर ४ हजार ५०० भन्दा बढी थिएटरमा रिलिज गरिएको थियो । तर, दिल्ली–एनसीआरमा हालमा दर्शकको सङ्ख्या १९ प्रतिशत र मुम्बईमा १८.२५ प्रतिशत मात्र रहेको थियो ।

चलचित्रमा सलमान खानसँगै कटरिना कैफ र इमरान हासमीको प्रमुख भूमिका रहेको छ । आदित्य चोपडा चलचित्रको निर्माता रहेका छन् । यसलाई यशराज फिल्मको सबैभन्दा महँगो चलचित्र भनिएको छ । यसको कूल लागत करिब ३ सय करोड रुपैयाँ भएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप