टाइगर–३ को बक्स अफिस कलेक्सनमा गिरावट
मुम्बई । दीपावलीको अवसर पारेर रिलिज गरिएको सलमान खान अभिनीत टाइगर–३ ले भारतमा ४४.५ करोड भारु कमाउँदै बक्स अफिसमा धमाकेदार सुरुवात गरेको थियो । रिलिजको पहिलो तीन दिनमा राम्रो कमाई गरेको चलचित्रको चौथो दिनमा भने आम्दानीमा ५० प्रतिशतले गिरावट देखिएको छ ।
बक्स अफिसबारे जानकारी दिने स्याकनिल्कको रिपोर्ट अनुसार मंगलबार ४४ करोड भारु कमाएको चलचित्रले बुधबार २२ करोड भारु मात्र कमाउन सक्यो । चलचित्रले हालसम्म घरेलु बक्स अफिसमा कूल १६९.५ करोड भारु कमाएको छ भने विश्वव्यापी रूपमा २४१.८५ करोड भारु कमाउन सफल भएको छ ।
मनिष शर्मा निर्देशित चलचित्र देशभर ४ हजार ५०० भन्दा बढी थिएटरमा रिलिज गरिएको थियो । तर, दिल्ली–एनसीआरमा हालमा दर्शकको सङ्ख्या १९ प्रतिशत र मुम्बईमा १८.२५ प्रतिशत मात्र रहेको थियो ।
चलचित्रमा सलमान खानसँगै कटरिना कैफ र इमरान हासमीको प्रमुख भूमिका रहेको छ । आदित्य चोपडा चलचित्रको निर्माता रहेका छन् । यसलाई यशराज फिल्मको सबैभन्दा महँगो चलचित्र भनिएको छ । यसको कूल लागत करिब ३ सय करोड रुपैयाँ भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण