फोटोफिचर
बेहुलीझैँ सिँगारिए जनकपुरधामका छठ घाट (तस्बिरहरू)
शनिबार, ०२ मङ्सिर २०८०, १९ : ४८

जनकपुरधाम । जनकपुरधाममा सोमबार छठ घाट बेहुलीझैँ सिँगारिएका छन् । जनकपुरका गंगासागर, धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीहरूलाई छठ पूजाको लागि झकिझकाउ बनाइएको हो ।
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिनका लागि पोखरीका डिलमा बाँस र कपडाको पण्डाल बनाइ झिलिमिली बत्ती जडान गरिएको छ । स्थानीय युवा क्लब र संस्थाको सक्रियतामा जनकपुरका अधिकांश पोखरी तथा सरोवरका घाट सिँगारिएको हो ।
छठ पूजाको दोस्रो दिन आज खरना सम्पन्न भएको छ । आइतबार बिहानैदेखि जनकपुरधामका छठ घाटहरूमा व्रतालुहरू पुग्ने छन् । साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पूजा सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म