झापामा लागु औषधसहित २ जना पक्राउ
झापा । झापामा प्रतिबन्धित लागु औषसहित २ जना पक्राउ परेका छन् । प्रहरीले शनिवार जिल्लाको मेचीनगर नगरपालिका र झापा गाउँपालिकाबाट लागु औषधसहित २ जनालाई पक्राउ गरेको हो ।
मेचीनगर नगरपालिका ५ मेची पुलबाट सोही नगरपालिका वडा नम्बर १० बस्ने २० वर्षीय रोहितकुमार पोदारलाई ब्राउन सुगर ३ ग्राम ३०० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा पोदारको साथमा लागु औषध भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै झापा गाउँपालिका ४ स्थित सुकुम्वासी टोलबाट अर्की एक महिलालाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवताक्षी नगरपालिका १ बस्ने २९ वर्षीया कमला राउत रहेकी छन् ।
राउतको साथबाट १ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका पोदारलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा र राउतलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण