सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा लागु औषधसहित २ जना पक्राउ

शनिबार, ०२ मङ्सिर २०८०, २२ : ४७
शनिबार, ०२ मङ्सिर २०८०

झापा । झापामा प्रतिबन्धित लागु औषसहित २ जना पक्राउ परेका छन् । प्रहरीले शनिवार जिल्लाको मेचीनगर नगरपालिका र झापा गाउँपालिकाबाट लागु औषधसहित २ जनालाई पक्राउ गरेको हो । 

मेचीनगर नगरपालिका ५ मेची पुलबाट सोही नगरपालिका वडा नम्बर १० बस्ने २० वर्षीय रोहितकुमार पोदारलाई ब्राउन सुगर ३ ग्राम ३०० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा पोदारको साथमा लागु औषध भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

त्यस्तै झापा गाउँपालिका ४ स्थित सुकुम्वासी टोलबाट अर्की एक महिलालाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवताक्षी नगरपालिका १ बस्ने २९ वर्षीया कमला राउत रहेकी छन् ।

राउतको साथबाट १ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका पोदारलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा र राउतलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप