विश्वकप २०२३ को समापन समारोहमा प्रीतमदेखि अमित मिश्रासम्मले प्रस्तुति दिने
अहमदाबाद । विश्वकप २०२३ को फाइनल खेल आयोजक भारत र अस्ट्रेलियाबिच आइतबार खेलिदैछ। विश्वकपको समापन समारोह पनि आइतबार नै हुँदैछ ।
समारोहका कार्यक्रम चार चरणमा हुनेछन् जुन प्रि-म्याचमा, पहिलो इनिङ्सको ड्रिंक ब्रेक, इनिङ्स ब्रेक र दोस्रो इनिङ्सको ड्रिंक ब्रेकमा गरिनेछ । यसमा बलिउड कम्पोजर–गायक प्रीतम, अमित मिश्रालगायत धेरै कलाकारले आफ्नो प्रस्तुति दिनेछन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले विश्वकप फाइनलको दिनमा हुने सबै कार्यक्रमको बारेमा आफ्नो आधिकारिक एक्स खाताबाट एक पोस्ट साझा गरेको छ। जसमा खेल सुरु हुनु अघि १५ मिनेटको एयर शो हुने उल्लेख छ। यो शो भारतीय वायुसेना को सूर्यकिरण एरोबेटिक टोलीले प्रदर्शन गरिरहेको छ। सूर्यकिरण एरोबेटिक टोलीले अहमदाबाद एयरपोर्टबाट उडान भर्नेछ र नरेन्द्र मोदी स्टेडियममा एयर शो गर्नेछ।
खेलको पहिलो इनिङ्सको ड्रिंक्स ब्रेकमा आदित्य गढवीले प्रस्तुति दिनेछन् । आदित्यको एउटा गीत खलसी पछिल्लो समय निकै चर्चित भएको छ । यो इन्स्टाग्राम रिल्समा पनि धेरै प्रयोग भइरहेको छ।
खेलको इनिङ्स ब्रेकमा संगीत निर्देशक प्रीतम चक्रवर्तीले आफ्नो टोलीको नेतृत्व गर्नेछन् । जसमा जोनिता गान्धी, नकाश अजिज, अमित मिश्रा, आकासा सिंह र तुषार जोशीले प्रस्तुति दिनेछन् । दोस्रो इनिङ्सको ड्रिंक्स ब्रेकमा लेजर र लाइट शो हुनेछ। अमिताभ बच्चन, रजनीकान्त, कमल हसन, मोहनलाल, वेंकटेश, नागार्जुन र रामचरण तेजा फाइनल खेल हेर्न आइतबार नरेन्द्र मोदी स्टेडियम पुग्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण