हुम्लामा गोल्डकप प्रतियोगिता हुने
सिमकोट । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप आयोजना हुने भएको छ । हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजेता टिमले रू दुई लाख एक सय एघार राशिको पुरस्कार प्राप्त गर्नेछन् ।
हालसम्मकै सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगिता मङ्सिर ४ गतेदेखि सञ्चलन हुने हुम्ला फुटबल एकेडेमीका जिल्ला अध्यक्ष विष्णुबहादुर रावतले जानकारी दिए । उनका अनुसार गोल्डकप विजेताले रू दुई लाख एक सय ११ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले रू एक लाख एक सय ११ प्राप्त गर्नेछन् । यही मङ्सिर १ गतेदेखि आज साँझ ४ बजेसम्म टिम दर्ताको समय तोकिएको उनको भनाइ थियो ।
अध्यक्ष रावतले भने, “खेल मैदानको केही मर्मत गर्नुपर्ने भएकाले दुई दिन अघि हुने भनिएको खेल स्थगन गरी मङ्सिर ४ गतेदेखि सञ्चालन गर्ने तयारी भएको हो ।” उनका अनुसार हालसम्म सातवटा क्लबले प्रतियोगिताका लागि दर्ता गराएका छन् ।
प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडी गोलकिपर, डिफेण्डर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था गरिएको रावतले बताउनुभयो । प्रत्येक प्रतिगोगितामा ‘म्यान अफ द म्याच’को व्यवस्था पनि गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि रू २० लाख लाग्ने अनुमान आयोजकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण