अस्ट्रेलियासँग पराजित भएपछि रोहित शर्माले के भने ?
अहमदाबाद । आइतबार भएको विश्वकप २०२३ को फाइनल खेलमा अस्ट्रेलियासँग पराजित भएपछि भारतीय कप्तान रोहित शर्माले यस खेलमा भारतीय टोलीको प्रदर्शन राम्रो नभएको र विशेष गरी ब्याटिङमा टोलीको प्रदर्शन खराब रहेको बताएका छन् ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २४० रनमा अलआउट गर्यो र त्यसपछि चार विकेट गुमाएर उक्त लक्ष्य पछ्याउँदै विश्व च्याम्पियन बनेको थियो।
खेलपछि रोहित शर्माले भने, ‘खेलको नतिजा हाम्रो पक्षमा थिएन र हामीलाई थाहा छ आज हामी राम्रो थिएनौँ । तर मलाई टोलीमा गर्व छ। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरे तर जे भयो त्यो त्यहाँ हुनुहुँदैन थियो ।’
‘इमानदारीपूर्वक भन्नुपर्दा २०–३० रन थप लिएको भए राम्रो हुन्थ्यो । करिब २५-३० ओभरसम्म, जब केएल राहुल र विराटले ब्याटिङ गरिरहेका थिए, हामीले राम्रो साझेदारी गर्ने र सम्भव भएसम्म पिचमा रहनुपर्छ भन्ने कुरा गरिरहेका थियौँ, तर त्यसपछि हामीले लगातार विकेट गुमाइरह्यौँ। त्यतिन्जेल हामीले २७०–२८० रन बनाउँछौँ भन्ने लागेको थियो । हामीले राम्रो साझेदारी गर्न सकेनौँ । अस्ट्रेलियाले तीन विकेट गुमाएपछि राम्रो साझेदारी गरेको थियो,’ उनले भने ।
खेलमा अस्ट्रेलियाको सुरुवात पनि खराब रह्यो र पहिलो सात ओभरमा ४७ रनमा डेभिड वार्नर, मिचेल मार्स र स्टिभन स्मिथको विकेट खसेको थियो । तर यसपछि ट्राभिस हेड र मार्नस लाबुस्चेनबिचको उत्कृष्ट साझेदारीले भारतको खेल नै बदलिदियो ।
रोहित शर्माले भने- ‘जब तपाईंको बोर्डमा २४० रन हुन्छ, तपाईं जतिसक्दो चाँडो विकेट लिन चाहनुहुन्छ र हामीले त्यो गर्यौँ । तर त्यसपछि हेड र मार्नसलाई श्रेय दिनुपर्छ । उनीहरूले ठुलो साझेदारी गरे र हामीलाई खेलबाट पूर्ण रूपमा बाहिर पारिदिए । तैपनि हामीले सक्दो गर्ने प्रयास गरेका थियौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान र इजरायलबिच बढ्दो तनावले बढ्दै छ तेलको भाउ
-
बेल्जियन प्रतिद्वन्द्वीमाथि चेल्सीको सजिलो जित
-
राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेः डा लोहनी
-
यस्तो बन्यो ‘हेर्ने कथा’का प्रकाश तामाङको घर
-
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छ : प्रचण्ड
-
पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन : शंकर पोखरेल