‘शिक्षामा बुद्धिचाल’ कार्यक्रम घोषणा
काठमाडौँ । नेपाल बुद्धिचाल महासङ्घले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)सँगको सहकार्यमा ‘शिक्षामा बुद्धिचाल’ (चेस ईन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ । महासङ्घले आगामी पाँच वर्षका लागि ‘शिक्षामा बुद्धिचाल’ कार्यक्रमको घोषणा गरेको हो ।
महासङ्घका अनुसार ‘शिक्षामा बुद्धिचाल’ कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा रहेका प्याब्सनमा आबद्ध विद्यालयहरूमा सुरुमा बुद्धिचाल खेलको प्रशिक्षक दिने र त्यसपछि प्रत्येक विद्यालयमा बुद्धिचाल प्रतियोगिता आयोजना गरी दुई—दुई जना खेलाडी (एक पुरुष र एक महिला) छनोट गरिने छ ।
त्यसपछि छनोट भएका खेलाडीबिच प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेर कम्तीमा १० जना खेलाडीलाई कक्षा ५ देखि १२ सम्म पठनपाठनका लागि निःशुल्क छात्रवृत्ति प्रदान गरिने छ । उक्त कार्यक्रम पाँच वर्ष चल्ने र भविष्यमा अन्य प्रदेशमा पनि विस्तार गरिँदै लगिने महासङ्घले जनाएको छ ।
उक्त कार्यक्रमका लागि प्याब्सन बागमती प्रदेशसँग पाँच वर्षका लागि सम्झौतासमेत गरिसकिएको महासङ्घले जनाएको छ । सम्झौतापत्र महासङ्घका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जन र प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
महासङ्घका कार्यवाहक अध्यक्ष महर्जनले प्याब्सनसँगको सहकार्यले बुद्धिचाल खेलको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् । महासङ्घले प्रतियोगिता सञ्चालन गर्नुअघि हरेक विद्यालयमा शिक्षकलाई बुद्धिचाल खेलको प्राविधिक प्रशिक्षण दिनेसमेत जनाइएको छ ।
‘शिक्षामा बुद्धिचाल’ कार्यक्रमको सम्पूर्ण खर्च प्याब्सन बागमती प्रदेशले बेहोर्ने जानकारी प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले दिए । बागमती प्रदेशमा प्याब्सनसँग करिब चार हजार विद्यालय आबद्ध रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण भने छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण