अर्जेन्टिनाको राष्ट्रपतिमा जाभियर माइली विजयी
मङ्गलबार, ०५ मङ्सिर २०८०, ११ : ४८
अर्जेन्टिना । दक्षिणपन्थी लिबर्टी एडभान्स गठबन्धनका जाभियर माइलीले अर्जेन्टिनाको राष्ट्रपति पदमा अर्थमन्त्री सर्जियो मासालाई पराजित गरेको निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ ।
आधिकारिक नतिजा आउनुअघि नै हार स्वीकार गर्दै मासाले आगामी चार वर्षका लागि देशको राष्ट्रपति हुने माइलीलाई बधाई दिएका छन् । सरकारले जारी गरेको आधिकारिक तथ्याङ्क अनुसार ८६.५९ प्रतिशत मत गणनामा माइलीले ५५.९५ प्रतिशत मत ल्याएका छन् भने मास्साले ४४.०४ प्रतिशत मत प्राप्त गरेका छन् ।
आईतवार भएको मतदानमा ७६.३९ प्रतिशत मतदान भएको थियो । माइली वर्तमान राष्ट्रपति अल्बर्टो फर्नान्डेजको उत्तराधिकारी हुनेछन् र डिसेम्बर १० मा चार वर्षको कार्यकालका लागि पदभार ग्रहण गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण