युनिलिभर नेपालद्वारा भूकम्पपीडितका लागि एक करोड रुपैयाँ हस्तान्तरण
मङ्गलबार, ०५ मङ्सिर २०८०, १३ : ३१
काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले जाजरकोट र रुकुम जिल्लाका भूकम्पपीडितको पुनर्निर्माण र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेको छ । उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
यसअघि कम्पनीले भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री पुर्याएको थियो । लिमिटेडले भूकम्पमा परी ज्यान गुमाएका दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण