कार्बन उत्सर्जन बढी गर्ने देशलाई वित्त सहयोगका लागि बाध्य पार्नुपर्छ : मुख्यमन्त्री पाण्डे
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनको असर भोगिरहेका देशहरूले पाउने वित्तीय सहयोग दिन बाध्य बनाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय सम्मेलन समापन समारोहमा बोल्दै विकसित राष्ट्रहरू अझै पनि पीडित देशहरूलाई गर्ने भनेको सहयोगका लागि आनाकानी गरिरहेको बताएका हुन् ।
उनले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा पीडित देशलाई सहयोग गर्ने सम्झौता गर्ने तर वित्त हस्तान्तरण गर्न आनाकानी गर्ने प्रणालीको अन्त्य गर्नुपर्ने जिकिर गरे । उनले पीडित देश भएकाले नेपालले यसको नेतृत्व लिन सुझाव दिए । उनले भने, ‘विकसित राष्ट्रहरू अझै पनि कतिपय अवस्थामा अन्कनाइरहेका छन् की यो वातावरणीय परिवर्तनका महासन्धि, सन्धिहरूमा हस्ताक्षर गर्नका लागि उनीहरूलाई बाध्य पारिनुपर्छ । बोल्ने मात्रै होइन, हामी यो फन्डमा यति पैसा राख्छौँ, यो गर्छौं भनेर यस्ता सम्मेलनमा भन्ने तर त्यसमा फन्ड नआउने अब यसको अन्त्य गर्नुपर्छ । यो लडाइँको नेतृत्व हामीले गर्नुपर्छ । अब हुने कोप २८ मा यो लडाइँ र अधिकार प्राप्तिको नेतृत्व नेपालले गर्नुपर्छ । केही कुरा हामीले परिवर्तन पनि गर्नुपर्छ । जलवायु परिवर्तनको नाममा हामी कहाँ पनि धेरै खर्चहरू भएको म देख्छु । तर त्यो खर्च अब कतापटी लैजाने ? त्यसबारेमा पनि सोच्नुपर्छ । सफ्टवेयरमा धेरै खर्च गरेका छौँ, जनचेतनाको नाममा । अब त्यो सफ्टवेयरमा मात्रै होइन, हार्डवेयरमा पनि लागू हुनुपर्छ । विकासको मोडेल पनि हामीले चेन्ज गर्नुपर्छ । विशेष गरेर अहिले बाटो बनाउँदा स्वेल इरोजन बढी भएको छ । यसले प्राकृतिक विपत्ति निम्तिएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण