अरिजित सिंहको कन्सर्टका लागि भव्य तयारी, तस्बिरहरू

काठमाडौँ । भारतीय चर्चित गायक अरिजित सिंहको सांगितिक कार्यक्रमका लागि नेपाल आउँदैछन् । यही मङ्सिर ९ गते शनिबार उनको लाइभ कन्सर्ट चाबहिलस्थित हायात ग्राउन्ड आयोजना गरिएको छ । ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले संयुक्त रूपमा आयोजना गर्न लागेको कन्सर्टको तयारीका यतिबेला जोडतोडले चलिरहेको छ ।
गत बिहीबारबाट आयोजकले कन्सर्टका लागि हायात ग्राउन्ड स्टेजदेखि लाइटिङसम्मको व्यवस्थापन काम गरिरहेको छ । अहिलेसम्म लगभग ६५ प्रतिशत तयारी सकिएको र कार्यक्रमको भव्य तयारी गर्ने आयोजकले जनाएको छ ।
‘अरिजित सिंह लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्टमा अरिजीतले ४-५ घन्टा आफ्नो चर्चित गीतसंगीतबाट दर्शक नचाउनेछन् । भारतमा पार्श्व गायकमा रुचाइएका अरिजितका नेपालमा समेत थुप्रै फ्यान छन् । उनका ‘तुम हि हो’, ‘केसरिया तेरा’, ‘खैरियत’, ‘अपना बना ले’ लगायत थुप्रै गीत चर्चित छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्टले सन् २०१९देखि अरिजितलाई नेपाल ल्याउने प्रयास गरे पनि अहिले सफल भएको हो ।
कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुर्याउने विश्वास आयोजकको छ । कन्सर्टमा १० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ । कन्सर्टका लागि अरिजित शुक्रबार नेपाल आउने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइगर उड्स भन्छन्, ‘हारको स्वाद नचाखेसम्म सन्न्यास लिने कुरै आउँदैन’
-
हमासद्वारा दुई विदेशीसहित थप १२ जना बन्धक रिहा
-
एमाले मधेस प्रदेश : लखन दासलाई हटाएर महतोलाई किन बनाइयो सचेतक ?
-
हालान्डको रेकर्ड, दुई गोलले पछि परेको स्थिति उल्टायो सिटीले
-
हटाइएका कर्णालीका उपसचिव शाहीले शंकर पोखरेललाई दिए यस्तो चेतावनी
-
कविता : भूकम्पको त्रास