अरिजित सिंहको कन्सर्टका लागि भव्य तयारी, तस्बिरहरू
काठमाडौँ । भारतीय चर्चित गायक अरिजित सिंहको सांगितिक कार्यक्रमका लागि नेपाल आउँदैछन् । यही मङ्सिर ९ गते शनिबार उनको लाइभ कन्सर्ट चाबहिलस्थित हायात ग्राउन्ड आयोजना गरिएको छ । ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले संयुक्त रूपमा आयोजना गर्न लागेको कन्सर्टको तयारीका यतिबेला जोडतोडले चलिरहेको छ ।
गत बिहीबारबाट आयोजकले कन्सर्टका लागि हायात ग्राउन्ड स्टेजदेखि लाइटिङसम्मको व्यवस्थापन काम गरिरहेको छ । अहिलेसम्म लगभग ६५ प्रतिशत तयारी सकिएको र कार्यक्रमको भव्य तयारी गर्ने आयोजकले जनाएको छ ।
_T4eqZbddQq.jpg)
‘अरिजित सिंह लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्टमा अरिजीतले ४-५ घन्टा आफ्नो चर्चित गीतसंगीतबाट दर्शक नचाउनेछन् । भारतमा पार्श्व गायकमा रुचाइएका अरिजितका नेपालमा समेत थुप्रै फ्यान छन् । उनका ‘तुम हि हो’, ‘केसरिया तेरा’, ‘खैरियत’, ‘अपना बना ले’ लगायत थुप्रै गीत चर्चित छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्टले सन् २०१९देखि अरिजितलाई नेपाल ल्याउने प्रयास गरे पनि अहिले सफल भएको हो ।
_EB0ANhcksf.jpg)
कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुर्याउने विश्वास आयोजकको छ । कन्सर्टमा १० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ । कन्सर्टका लागि अरिजित शुक्रबार नेपाल आउने कार्यक्रम रहेको छ ।
_F7AKpdSeoC.jpg)
_kM4iSsCz72.jpg)
_0KGlhAzdcd.jpg)
_vwbBu1lTwE.jpg)
_TdyMdHESRB.jpg)
_2Nmkrbrub4.jpg)
_0CXDMhj2Uz.jpg)
_Dv8GWZWMqy.jpg)
_symcKmh0TT.jpg)
_cqnpuwg6z7.jpg)
_bO92XLsmfg.jpg)
_hYzJqFFYeX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण