भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण गर्दै अनेरास्ववियु

काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी टहरा निर्माण गर्न थालेको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रमा अनेरास्ववियुले अस्थायी टहरा निर्माण गर्न थालेको हो ।
त्यसका लागि उपाध्यक्ष नारायण घर्ती र महासचिव नरेश रोकायको नेतृत्वमा स्वयंसेवकहरू परिचालन भएका छन् । उपाध्यक्ष घर्तीका अनुसार स्वयंसेवक अभियान मंसिर १६ गतेसम्म चल्नेछ । १५ दिने अभियानसहित भूकम्प प्रभावित क्षेत्रमा पुगेको अनेरास्ववियुको टोलीले अस्थायी टहरा निर्माण गर्नुका साथै भूकम्पले भत्काएका भग्नावशेषहरूको व्यवस्थापन गर्ने समेत काम गर्दै आएको छ ।
असोज १६ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा पनि १५४ जनाको मृत्यु भएको थियो । हजारौँ परिवार घरबारविहीन बनेका छन् । उनीहरू कठ्याङ्रिदो चिसोमा खुला आकाशमुनि रात कटाउन बाध्य भइरहेको उपाध्यक्ष घर्तीले बताए ।
आफूहरूले अस्थायी टहरा निर्माण गर्ने, भग्नावशेषहरू पन्छ्याउनेसँगै भूकम्पका कारण मानसिक रूपमा विक्षिप्त बनेकाहरूलाई सहजीकरण गर्ने समेत कार्य गर्दै आएको उनको भनाई छ ।
अहिले राहत र उद्धारको कार्य सकिएको अब पुनर्निर्माणको कार्य गर्नुपर्ने बताए । त्यसका लागि राज्यले तत्काल प्रक्रिया अगाडि बढाउनुपर्ने बताउँदै उनले भने, ‘चिसो मौसम सुरु भइसक्यो । तत्काल पुनर्निर्माणको कार्य गर्न सकेनौँ भने भूकम्पले भन्दा बढी चिसोका कारण मानिसहरूको मृत्यु हुनेछ ।’
अनेरास्ववियुले जाजरकोट र पश्चिम रुकुममा भौतिक संरचना पुनर्निर्माण तथा उद्धार का लागि १ हजार स्वयंसेवक खटाएको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर