बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानगुन : प्रसिद्ध धार्मिक ग्रन्थ महाभारतको प्राचीन नाम के हो ?

बुधबार, ०६ मङ्सिर २०८०, ११ : ५२
बुधबार, ०६ मङ्सिर २०८०

१, युनेस्कोको रचनात्मक सहरमा छनोट हुन सफल नेपालको कुन महानगर हो ?

(क) भक्तपुर (ख) काठमाडौँ (ग) विराटनगर (घ) भरतपुर

२, नेपालमा हरेक वर्ष राष्ट्रिय कर दिवस कुन दिन मनाइन्छ ?

(क) मङ्सिर एक गते (ख) मङ्सिर दुई गते (ग) मङ्सिर तीन गते (घ) मङ्सिर चार गते 

३, जाजरकोटको बारेकोट, रामी डाँडा केन्द्र विन्दु भएर यही कात्तिक १७ गते गएको भूकम्प कति रेक्टर स्केलको थियो ?

(क) ६.१ (ख) ६.२ (ग) ६.३ (घ) ६.४

४, भारतको अहमदवादस्थित नरेन्द्र मोदी स्टेडियममा हालै सम्पन्न तेह्रौँ संस्करणको आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता जित्ने राष्ट्र कुन हो ?

(क) भारत (ख) इङ्गल्यान्ड (ग) अस्ट्रेलिया (घ) बङ्गलादेश 

५, बुद्ध जन्मस्थल लुम्बिनीको नगर पक्षीको रूपमा घोषणा गरिएको पक्षी कुन हो ?

(क) सारस (ख) मयूर (ग) हाँस (घ) डाँफे 

६, दोस्रो विश्वयुद्धको आधार कहिले तयार भएको थियो ?

(क) सन् १९१८ (ख) सन् १९१९ (ग) सन् १९२० (घ) सन् १९२१ 

७, जीवन्त सम्बन्ध पुस्तकका लेखक को हुन् ?

(क) डा. भगवान् कोइराला (ख) डा वसन्त पन्त (ग) डा. ओम मूर्ति अनिल (घ) डा. राजु पौडेल 

८, राष्ट्रकवि माधव घिमिरे पुरस्कार २०८० बाट पुरस्कृत हुने व्यक्तित्व को हुन् ?

(क) प्रा.डा. जगमान गुरुङ (ख) प्रा.डा. वासुदेव त्रिपाठी (प्रा.डा. दिनेशराज पन्त (घ) प्र.डा. लक्ष्मणप्रसाद गौतम 

९, प्रसिद्ध धार्मिक ग्रन्थ महाभारतको प्राचीन नाम के हो ?

(क) भारत (ख) भारत चरित (ग) विजय (घ) भारत सार 

१०, काली गण्डकी र त्रिशूली–बुढी गण्डकीको सङ्गम स्थल कुन नामले चिनिन्छ ?

(क) देवीघाट (ख) देवघाट (ग) गलेश्वर (घ) त्रिवेणी

११, हरेक वर्ष विश्व शौचालय दिवस कहिले मनाइन्छ  ?

(क) नोभेम्बर १९ (ख) नोभेम्बर २० (ग) नोभेम्बर २१ (घ) नोभेम्बर २२             

 सही उत्तर 

१–(ख), २–(क), ३ (घ), ४–(ग), ५–(क), ६–(ख), ७–(ग), ८–(ख), ९–(ग), १०–(ख), ११-(क)

 स्रोत विभिन्न पत्रपत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप