आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमालेद्वारा ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्रा’ को कार्ययोजना पारित

बुधबार, ०६ मङ्सिर २०८०, १५ : ४४
बुधबार, ०६ मङ्सिर २०८०

 काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर १४ गतेदेखि पुष्पलाल मध्यपहाडी लोकमार्ग पदयात्रा (संकल्प यात्रा) को विस्तृत कार्ययोजना पारित गरेको छ । 

बुधबार बसेको एमाले केन्द्रीय समिति बैठकले संकल्प यात्राको विस्तृत कार्ययोजना पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

पदयात्राको अगुवाई र नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । त्यसमा केन्द्रीय पदाधिकारीसहितका नेता कार्यकर्ता सहभागी हुनेछन् ।‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्रा’ नाम दिइएको उक्त कार्यक्रमको अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोतोलन गरेर उद्घाटन गर्नेछन् । 

संकल्पयात्रा तीन सातापछि पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ । अभियानले पहाडी क्षेत्रका जनतासँग जोडिने एमालेको अपेक्षा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप