एमालेद्वारा ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्रा’ को कार्ययोजना पारित
बुधबार, ०६ मङ्सिर २०८०, १५ : ४४
काठमाडौँ । नेकपा एमालेले आगामी मंसिर १४ गतेदेखि पुष्पलाल मध्यपहाडी लोकमार्ग पदयात्रा (संकल्प यात्रा) को विस्तृत कार्ययोजना पारित गरेको छ ।
बुधबार बसेको एमाले केन्द्रीय समिति बैठकले संकल्प यात्राको विस्तृत कार्ययोजना पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
पदयात्राको अगुवाई र नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । त्यसमा केन्द्रीय पदाधिकारीसहितका नेता कार्यकर्ता सहभागी हुनेछन् ।‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्रा’ नाम दिइएको उक्त कार्यक्रमको अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोतोलन गरेर उद्घाटन गर्नेछन् ।
संकल्पयात्रा तीन सातापछि पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ । अभियानले पहाडी क्षेत्रका जनतासँग जोडिने एमालेको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण