शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
एमाले केन्द्रीय समिति बैठक

वामपन्थी एकताको कुरा नगर्न एमाले नेताहरूलाई ओलीको निर्देशन

बुधबार, ०६ मङ्सिर २०८०, १३ : ४०
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा जारी बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्माओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् । 

‘वामपन्थी शक्ति नमिली हुँदैन भन्ने लोकप्रिय कुरा नगर्न म साथीहरूलाई आग्रह गर्दछु’, उनले आफूले राजनीति सुरु गर्दाबाटै नेपालको वामपन्थी राजनीति विभाजित भएको बताए ।

‘एकताको माला त्यति वेलाबाटै भएको हो, तर एउटा एकता गर्दा अरू दुई वटा फुट्छ ।’ उनले एकताको कुरा मिठो सुनिए पनि त्यसका लागि धेरै कुरा मिल्न जरुरी रहेको भन्दै एमालेको नीति, सिद्धान्त, विचार र नेतृत्वलाई स्वीकार गरिए मात्रै एकता सम्भव रहेको बताए ।

‘दुईवटा अध्यक्ष राखेर एकता हुँदैन’, अध्यक्ष ओलीको भनाइ छ । उनले काँचो राजनीति कर्‍याप्प कर्‍याप्प पारेर चपाएर बसेर केही नहुने भन्दै ओलीले उद्देश्य नछोडी गरिने राजनीतिले मात्र निकास दिने बताए । 

‘व्यवहारिक राजनीति नहुने, सिद्धान्त जप्ने, उपलब्धि केही नहुने, आफू साँघुरिँदै जाने, आफ्ना विचारमा अरूलाई सहमत गराउन नसक्ने, अरूका विचारतिर लहसिँदै जाने, अरूका स्वार्थका निम्ति काम गर्ने खालका कुराहरू न वामपन्थी हुन् न केही हुन् ? सुन्दा राम्रो सुनिएला’, उनले भने, ‘राम्रो सुनिन्छ वामपन्थी एकताविना सम्भव छैन, के हो वामपन्थी एकता भनेको ? हामी एकता गर्दै त यहाँसम्म आइपुगेका छौ । ४६, ४७ वटा एकता भइसके ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप