बाबुरामको नेतृत्वमा एकता संयोजन समिति बनाउने नेसपाको निर्णय
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)ले माओवादी केन्द्रसहित बृहत् समाजवादी केन्द्र निर्माणका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति बनाएको छ ।
बुधबार भक्तपुरको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्र लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्न संयोजन समिति बनाउने निर्णय गरेको हो ।
समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने छन् । यस्तै बैठकले संगठन निर्माण, सुदृढीकरण गर्न यसअघि सञ्चालन भएको अभियान तीन महिना थपेको छ । वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
यस्ता छन् केन्द्रीय समितिका निर्णयहरू:
-बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्दै जान पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहने पार्टी एकता/ध्रुवीकरण संयोजन समिति बनाउने निर्णय भयो ।
संगठनात्मक कार्ययोजना
क) संगठन निर्माण तथा बिस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्याउने ।
ख) सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने ।
ग) मङ्सिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने ।
घ) माघ-फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने ।
ङ) वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने ।
-बैठकले २०८० कार्तिक १७ गते राति जाजरकोटको रामीडाँडा आसपास केन्द्र बनाई गएको भूकम्पमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । भूकम्पमा परी घाइते भएकाहरूको उपचार, भूकम्प पीडितलाई राहत र पुनर्स्थापनाका लागि नेपाल सरकारलाई अनुरोध गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण