दुर्गा प्रसाईँ नामको अराजकता समाप्त भएको छ : महेश बस्नेत
_vJls5hMCSL.jpg)
काठमाडाैँ। एमाले नेता तथा राष्ट्रिय युवा संघका संयोजक महेश बस्नेतले दुर्गा प्रसाईँलाई ठिक ठाउँमा बस्न चेतावनी दिएका छन् । काठमाडौँको तीनकुनेमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता बस्नेतले कुशासनका विरुद्ध र सुशासनका पक्षमा आफूहरूले थालेको आन्दोलन नरोकिने बताए ।
उनले साम्राज्यवादीहरूका कारण नेपालमा अस्थिरता, कुशासन र भ्रष्टाचार मौलाइरहेको बताए । साथै उनले साम्राज्यवादीहरुले मुलुकलाई प्रयोगशाला बनाउन लागिएको बताए ।
‘नेपाललाई प्रयोगशाला बनाउन मगज खुस्केको अपराधी दुर्गा प्रसाईँलाई अगाडि बढाइरहेका छन्’, बस्नेतले भने, ‘आज दुर्गा प्रसाईँले मयुरको प्वाँख हालेर राजा घोषणा गर्ने कार्यक्रम युवा विद्यार्थीहरूले हावा खुस्काइदिनुभयो ।’
नेता बस्नेतले आजैबाट दुर्गा प्रसाईँ समाप्त भएको घोषणा समेत गरे । ‘आजबाट दुर्गा प्रसाईँ नामको अराजकता सदाका लागि समाप्त भएको छ’, बस्नेतको भनाइ छ । उनले प्रसाईँ बौलाएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई उपचार गर्ने व्यवस्था मिलाउन आग्रह गरे । उनले प्रसाईँमाथि बैंक ठगेको र राजश्व छलेको आरोपमा गिरफ्तार गर्न समेत सरकारलाई आग्रह गरे ।
उनले आफ्नो कार्यक्रम बाघ र दुर्गा प्रसाईँको कार्यक्रम कुकुरजस्तो भएको प्रमाणित भएको भन्दै भोलिदेखि ठिक ठाउँमा बस्न चेतावनी दिए । उनले प्रसाईँलाई पूर्व राजाको भूतको संज्ञा दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप