बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
फोटोफिचर

प्रसाईंको प्रदर्शन लक्षित तिनकुनेमा व्यापक प्रहरी परिचालन, तस्बिरमा हेर्नुस्

शुक्रबार, ०८ मङ्सिर २०८०, १० : ५९
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँको तिनकुने आसपासमा स्थानीय प्रशासनले व्यापक प्रहरी परिचालन गरेको छ । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी दुर्गा प्रसाईंले आजबाट व्यवस्था परिवर्तन गर्ने भन्दै तिनकुने क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

साथै उनले तिनकुनेमा भेला भएर समर्थकहरुलाई संसद र सिंहदरवार घेर्न जान समर्थकहरुलाई ह्वीप जारी गरेका थिए । लगत्तै काठमडौँ जिल्ला प्रशासनले सो क्षेत्रमा प्रदर्शनका लागि अनुमति नदिएको प्रस्ट पारेको थियो ।

प्रशासनको आदेशविपरित प्रसाईं समर्थकहरु तिनकुनेमा भेला हुन थालिसकेका छन् । उनीहरुलाई प्रहरी उक्त क्षेत्रमा कामविना भेला नहुन भन्दै सम्झाएर पठाइरहेको छ ।

tinkune-police (2)tinkune-police (3)tinkune-police (4)tinkune-police (5)tinkune-police (6)tinkune-police (7)tinkune-police (8)tinkune-police (9)tinkune-police (10)tinkune-police (11)tinkune-police (12)tinkune-police (13)tinkune-police (14)tinkune-police (15)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप