बुटवलमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
शुक्रबार, ०८ मङ्सिर २०८०, १५ : १९
बुटवल । बुटवलमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
रुपन्देहीको बेलवास बेथरी सडक खण्डअन्तर्गत बुटवल–११ नहरपुरमा लु१च ७०२४ नम्बरको जिप र लु६१प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी बुटवल–११ का ४५ वर्षीय सालिकराम खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले दुर्घटनाबाट गम्भीर घाइते खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक बुटवल–११ देविनगरका शेखर पोखरेको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण