हमासद्वारा बन्धक बनाइएका २४ जना रिहा
तेल अभिभ । राहत कार्यमा संलग्न संस्था रेडक्रसले हमासद्वारा बन्धक बनाइएका २४ जनालाई रिहा गरेको पुष्टि गरेको छ । रेडक्रसले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, ‘२४ जना बन्धकहरूलाई सकुशल रिहा गरिएको पुष्टि गर्न पाउँदा हामी खुसी छौं।’
अर्को पोस्टमा, संगठनले भनेको छ, ‘दुई पक्षहरू बिच तटस्थ भूमिका खेल्दै, हामीले यी बन्धकहरूलाई गाजाबाट निकालेर इजिप्टको रफाह सीमामा ल्यायौं।’
यसअघि इजरायली सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार हमासले १३ इजरायली बन्धकहरूलाई राहत कार्यमा संलग्न संस्था रेडक्रसलाई हस्तान्तरण गरेको बताइएको थियो । यसअघि हमासले थाइल्याण्डका केही बन्धकहरूलाई रिहा गरेको थियो।
टिभी च्यानल १२ का अनुसार सबै बन्धकहरूलाई रफाह क्रसिङ हुँदै इजिप्ट लगिएको छ। हमासले बन्धकहरूलाई रेडक्रसलाई कहाँ सुम्पेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन। इजिप्टले इजरायली बन्धकहरू इजिप्ट पुगेको जानकारी दिएको छ।
हालसम्म हमासले १३ इजरायली बन्धकलाई रिहा गरेको समाचार प्राप्त भएको छ । थाइल्याण्डका प्रधानमन्त्रीले १२ थाई नागरिकलाई रिहा गरेको खबर दिएका थिए । यता हमास र इजरायलबीच मध्यस्थता गर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले रिहा गरिएकामा १३ इजरायली नागरिक, १० थाई र फिलिपिन्सका एक नागरिक रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण