महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् । शनिवार काठमाडौँमा आइवार्ट नेपाल इन्टरनेशनल वुमेन्स फिल्म फेस्टिबल, २०२३ लाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।
उनले सरकारले महिला चलचित्रकर्मीहरुलाई कसरी प्रर्वद्धन गर्ने भन्नेबारेमा विभिन्न हिसावले सोचिरहेको बताइन् । उनले संविधानले महिलाको समावेशिताको विषय उठाएको र सबै क्षेत्रमा महिलाले विकास गर्दै गइरहेको पक्ष आफैँमा राम्रो भएको बताइन् । उनले भनिन्– ‘सरकारले महिला चलचित्रकर्मीहरुलाई कहाँ सहयोग गर्नसक्छ, त्यो गर्नेछ ।’
उनले त्यो क्षेत्रको नेतृत्व गर्ने ढंगले जसरी विकास भइरहेको छ, यो आफैँमा हाम्रो व्यवस्थाको सुन्दर पक्ष रहेको बताइन् । उनले भनिन्– ‘यस क्षेत्रमा महिला चलचित्र कर्मीले जसरी प्रयत्न गरिरहनुभएको छ, त्यो उद्देश्यसँग पुग्न नेपाल सरकारसँग चलचित्र विकास बोर्ड छ । यसमा राज्यले सहयोग गर्छ ।’
मन्त्री शर्माले राज्यले महिला चलचित्रकर्मीहरुलाई आवश्यक सहयोग गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण