शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छ : मन्त्री शर्मा

शनिबार, ०९ मङ्सिर २०८०, १९ : १२
शनिबार, ०९ मङ्सिर २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् । शनिवार काठमाडौँमा आइवार्ट नेपाल इन्टरनेशनल वुमेन्स फिल्म फेस्टिबल, २०२३ लाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

उनले सरकारले महिला चलचित्रकर्मीहरुलाई कसरी प्रर्वद्धन गर्ने भन्नेबारेमा विभिन्न हिसावले सोचिरहेको बताइन् । उनले संविधानले महिलाको समावेशिताको विषय उठाएको र सबै क्षेत्रमा महिलाले विकास गर्दै गइरहेको पक्ष आफैँमा राम्रो भएको बताइन्  । उनले भनिन्– ‘सरकारले महिला चलचित्रकर्मीहरुलाई कहाँ सहयोग गर्नसक्छ, त्यो गर्नेछ ।’

उनले त्यो क्षेत्रको नेतृत्व गर्ने ढंगले जसरी विकास भइरहेको छ, यो आफैँमा हाम्रो व्यवस्थाको सुन्दर पक्ष रहेको बताइन् । उनले भनिन्– ‘यस क्षेत्रमा महिला चलचित्र कर्मीले जसरी प्रयत्न गरिरहनुभएको छ, त्यो उद्देश्यसँग पुग्न नेपाल सरकारसँग चलचित्र विकास बोर्ड छ । यसमा राज्यले सहयोग गर्छ ।’

मन्त्री शर्माले राज्यले महिला चलचित्रकर्मीहरुलाई आवश्यक सहयोग गर्ने बताइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप