शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आम जनता पार्टीको स्थायी समिति बैठक सोमबार

आइतबार, १० मङ्सिर २०८०, ०७ : ५८
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । आम जनता पार्टीको स्थायी समिति बैठक  सोमबार बिहान ११ बजे बस्ने भएको छ । पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा  हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको  आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए । उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप