मैदानबाहिर पनि ‘हिरो’ शमी, कार दुर्घटनामा परेका व्यक्तिको उद्धार
नयाँ दिल्ली । विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका भारतीय फास्ट बलर मोहम्मद शमी लगातार चर्चामा छन् । विश्वकपका खेलमा विकेट लिने शमीले अब कार दुर्घटनामा घाइते भएका व्यक्तिको ज्यान बचाएर उदाहरण बनेका हुन् ।
शमीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो सेयर गरेका छन् । उनले लेखेका छन्, ‘उनी धेरै भाग्यमानी छन् । अल्लाहले उनलाई दोस्रो जीवन दिनुभएको छ। उनको कार नैनिताल नजिक पहाडी सडकबाट तल खसेको थियो । गाडी मेरो गाडीको ठिक अगाडि खसेको थियो । हामीले उनलाई धेरै सकुशल बाहिर निकाल्यौँ।कसैको ज्यान बचाउन पाउँदा म धेरै खुसी छु।’
भिडियोमा जहाँ यो दुर्घटना भएको थियो, त्यहाँ एउटा सेतो रङको कार रुखमा ठोक्किएको र केही मानिस त्यसको वरिपरि उभिरहेका देखिन्छन् । शमीले कार दुर्घटनामा परेका व्यक्तिलाई पट्टी बाँधेको देखिन्छ ।
शमीले हालै सम्पन्न विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सर्वाधिक २४ विकेट लिए । उनले न्युजिल्यान्डविरुद्धको खेलमा ७ विकेट लिएका थिए ।
शमी एकदिवसीय क्रिकेटको इतिहासमा भारतका लागि एक इनिङ्समा ७ विकेट लिने पहिलो बलर बने । भारतले न्यूजिल्याण्डलाई ७० रनले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण