अनलाइनमार्फत ‘उपहार पठाएको छु’ भनेर ठग्ने युवती पक्राउ
आइतबार, १० मङ्सिर २०८०, १७ : २४
काठमाडौँ । अनलाइनमार्फत ‘सामान पठाएको छु’ भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका घर भएर ललितपुर बस्ने सुजता चौधरी छिन् । २७ वर्षीय चौधरीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर सुजताले आईफोन, घडी र सुनका गहना उपहार पठाएको छु भन्दै ठग्ने गरेको आरोप छ । कुरियरमार्फत सामान पठाएको बहाना बनाएर चौधरीले एयरपोर्टमा सामान आइपुगेको भन्दै ‘कस्टम चार्ज’ र ‘डेलिभरी चार्ज’ मागेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
हालसम्म उनले १ लाख ३५ हजार ठगेको उजुरी प्रहरीमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण