अनलाइनमार्फत ‘उपहार पठाएको छु’ भनेर ठग्ने युवती पक्राउ
आइतबार, १० मङ्सिर २०८०, १७ : २४

काठमाडौँ । अनलाइनमार्फत ‘सामान पठाएको छु’ भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका घर भएर ललितपुर बस्ने सुजता चौधरी छिन् । २७ वर्षीय चौधरीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर सुजताले आईफोन, घडी र सुनका गहना उपहार पठाएको छु भन्दै ठग्ने गरेको आरोप छ । कुरियरमार्फत सामान पठाएको बहाना बनाएर चौधरीले एयरपोर्टमा सामान आइपुगेको भन्दै ‘कस्टम चार्ज’ र ‘डेलिभरी चार्ज’ मागेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
हालसम्म उनले १ लाख ३५ हजार ठगेको उजुरी प्रहरीमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
‘काठमाडौँ फेसन वीक’सँग जोडियो नेक्स्ट मोडल्स नेपाल
-
त्रिचन्द्र क्याम्पसको सबलीकरण कछुवाको गतिमा (तस्बिरहरू)