भूकम्प पीडितको समस्याको समाधानका लागि ध्यान दिन जनमोर्चाको अपिल
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भूकम्प पीडितको समस्याको समाधानका लागि शीघ्र र समुचित रूपले ध्यान दिन सबै तहका सरकारसँग अपिल गरेको छ । आइतबार जनमोर्चा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्ला रुकुम र जाजरकोटमा जाडोको मौसममा वितरण गरेको राहत पर्याप्त नभएको बताइन् ।
विज्ञप्तिमा भनिएको छ,‘भूकम्पबाट भएको क्षतिभन्दा त्यसपछि जाडो तथा आवश्यक औषधी, कपडा, खाद्यान्न, बस्ने व्यवस्था समेतको अभावमा मानिसहरू अत्यन्त पीडित हुन पुगेको र ती कारणहरूबाट १० जनाभन्दा बढी मानिसहरूको ज्यान समेत गइसकेका घटनाहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यो अत्यन्त चिन्ताजनक समस्या हो । त्यसका लागि सरकारले केही न केही व्यवस्था गरिरहेको कार्यप्रति पनि हाम्रो ध्यान छ ।’
यस्तै जनमोर्चाले देशका क्याम्पसहरूमा विद्याथीहरूको संख्या घट्दै गइरहेको प्रति पनि चिन्ता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण