बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भूकम्प पीडितको समस्याको समाधानका लागि ध्यान दिन जनमोर्चाको अपिल

आइतबार, १० मङ्सिर २०८०, १९ : १४
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भूकम्प पीडितको समस्याको समाधानका लागि शीघ्र र समुचित रूपले ध्यान दिन सबै तहका सरकारसँग अपिल गरेको छ । आइतबार जनमोर्चा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्ला रुकुम र जाजरकोटमा जाडोको मौसममा वितरण गरेको राहत पर्याप्त नभएको बताइन् । 

विज्ञप्तिमा भनिएको छ,‘भूकम्पबाट भएको क्षतिभन्दा त्यसपछि जाडो तथा आवश्यक औषधी, कपडा, खाद्यान्न, बस्ने व्यवस्था समेतको अभावमा मानिसहरू अत्यन्त पीडित हुन पुगेको र ती कारणहरूबाट १० जनाभन्दा बढी मानिसहरूको ज्यान समेत गइसकेका घटनाहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । त्यो अत्यन्त चिन्ताजनक समस्या हो । त्यसका लागि सरकारले केही न केही व्यवस्था गरिरहेको कार्यप्रति पनि हाम्रो ध्यान छ ।’  

यस्तै जनमोर्चाले देशका क्याम्पसहरूमा विद्याथीहरूको संख्या घट्दै गइरहेको प्रति पनि चिन्ता व्यक्त गरेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप