सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मेरो चाहना

सोमबार, ११ मङ्सिर २०८०, ११ : ०६
सोमबार, ११ मङ्सिर २०८०

अन्धकार हटाउने बनूँ एउटा बत्ती,
कला फैलाउन सकूँ मैले सिकेजति ।
दुर्भावना कतै नहोस् सधैँ होस् उन्नति,
जोड्न सकूँ असल साथी चाहिँदैन सम्पत्ति ।

पानीजस्तै बन्न सकूँ प्यास मेटाउने,
नदीजस्तै बन्न सकूँ लक्ष्य भेटाउने ।
चरीजस्तो उड्न सकूँ स्वतन्त्र बनेर,
गुरुजस्तै बन्न सकूँ ज्ञान सिकाउने ।

आकाशझैँ फराकिलो दिल बोक्न सकूँ,
समाजका विकृतिलाई मैले रोक्न सकूँ ।
दुई आँखामा बाबाआमा मनमा देशको चित्र,
लक्ष्य बनोस् शिखर चुम्ने विचार पवित्र ।

प्राणवायुजस्तै बनूँ सबको प्राण भने,
कर्म बनोस् दुःखीजनको उपकार गर्ने ।
जीवनमा यस्तो धन कमाउन सकूँ,
सबैलाई माया गरी रमाउन सकूँ ।

कक्षा : ९ ‘ग’
फ्लोरोसेन्ट माध्यमिक विद्यालय
बानियाँटार,काठमाडौँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आरम्भ गौतम
आरम्भ गौतम

arambha

लेखकबाट थप