मेरो चाहना
सोमबार, ११ मङ्सिर २०८०, ११ : ०६
अन्धकार हटाउने बनूँ एउटा बत्ती,
कला फैलाउन सकूँ मैले सिकेजति ।
दुर्भावना कतै नहोस् सधैँ होस् उन्नति,
जोड्न सकूँ असल साथी चाहिँदैन सम्पत्ति ।
पानीजस्तै बन्न सकूँ प्यास मेटाउने,
नदीजस्तै बन्न सकूँ लक्ष्य भेटाउने ।
चरीजस्तो उड्न सकूँ स्वतन्त्र बनेर,
गुरुजस्तै बन्न सकूँ ज्ञान सिकाउने ।
आकाशझैँ फराकिलो दिल बोक्न सकूँ,
समाजका विकृतिलाई मैले रोक्न सकूँ ।
दुई आँखामा बाबाआमा मनमा देशको चित्र,
लक्ष्य बनोस् शिखर चुम्ने विचार पवित्र ।
प्राणवायुजस्तै बनूँ सबको प्राण भने,
कर्म बनोस् दुःखीजनको उपकार गर्ने ।
जीवनमा यस्तो धन कमाउन सकूँ,
सबैलाई माया गरी रमाउन सकूँ ।
कक्षा : ९ ‘ग’
फ्लोरोसेन्ट माध्यमिक विद्यालय
बानियाँटार,काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नेकपाका सचेतक भन्छन् : एमालेसँगको सहकार्य सहज तरिकाले अघि बढ्ला जस्तो लाग्दैन
-
'हामीलाई अपराधी बनाइयो, माग पूरा नभए श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया ठप्प पार्छौँ'
-
‘अम्लेखगञ्ज–रक्सौल रेल्वे र चिनी मिलको जग्गा सरकारी जमिनमा बस्नेहरूलाई वितरण गर्न सकिन्छ’
-
डलर साटिदिने भन्दै लुटपाट गरेको आरोपमा ४ जना पक्राउ
-
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
-
नारायणी नदी तटबन्ध निर्माणले समात्यो गति, चार वर्षपछि अन्तिम चरणमा आयोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण