भारत र चीनका नागरिकलाई मलेसिया जान भिसा नचाहिने

नयाँ दिल्ली । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले भारतीय नागरिकहरू डिसेम्बर १ देखि बिना भिसा मलेसिया आउन र ३० दिनसम्म बस्न सक्ने घोषणा गरेका छन् । आइतबार पीपल्स जस्टिस पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै अनवरले यस्तो घोषणा गरेका हुन् ।
मलेसियाका प्रधानमन्त्रीले भारतीयका लागि भिसामुक्त प्रवेश सुविधा कहिलेसम्म कायम रहने बताएनन् । भारतसँगै अनवरले चिनियाँ नागरिकलाई पनि भिसा फ्री प्रवेश सुविधा दिने घोषणा गरेका छन् । चीन र भारत मलेसियाका चौथो र पाँचौँ ठुला व्यापारिक साझेदार हुन् ।
मलेसिया सरकारको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि जुनसम्ममा भारतबाट २ लाख ८३ हजार ८ सय ८५ पर्यटक आएका थिए । सन् २०१९ को सोही अवधिमा भारतबाट ३ लाख ५४ हजार ४८६ पर्यटक मलेसिया आएका थिए । थाइल्याण्ड र श्रीलङ्काले पनि पर्यटन प्रवर्द्धनका लागि भारतीयहरूलाई भिसा फ्री प्रवेश सुविधा उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी