भारत र चीनका नागरिकलाई मलेसिया जान भिसा नचाहिने
नयाँ दिल्ली । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले भारतीय नागरिकहरू डिसेम्बर १ देखि बिना भिसा मलेसिया आउन र ३० दिनसम्म बस्न सक्ने घोषणा गरेका छन् । आइतबार पीपल्स जस्टिस पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै अनवरले यस्तो घोषणा गरेका हुन् ।
मलेसियाका प्रधानमन्त्रीले भारतीयका लागि भिसामुक्त प्रवेश सुविधा कहिलेसम्म कायम रहने बताएनन् । भारतसँगै अनवरले चिनियाँ नागरिकलाई पनि भिसा फ्री प्रवेश सुविधा दिने घोषणा गरेका छन् । चीन र भारत मलेसियाका चौथो र पाँचौँ ठुला व्यापारिक साझेदार हुन् ।
मलेसिया सरकारको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि जुनसम्ममा भारतबाट २ लाख ८३ हजार ८ सय ८५ पर्यटक आएका थिए । सन् २०१९ को सोही अवधिमा भारतबाट ३ लाख ५४ हजार ४८६ पर्यटक मलेसिया आएका थिए । थाइल्याण्ड र श्रीलङ्काले पनि पर्यटन प्रवर्द्धनका लागि भारतीयहरूलाई भिसा फ्री प्रवेश सुविधा उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण