मौलापुरमा लोकप्रिय बन्दै असहायसँग मेयर कार्यक्रम
रौतहट। रौतहटको मौलापुर नगरपालिकामा असहायसँग मेयर कार्यक्रम लोकप्रिय बन्दै गएको छ। मेयर रिना कुमारी साहको सक्रियताले नगरवासी माझ असहायसँग मेयर कार्यक्रम लोकप्रिय बनेको हो।
असहायसँग मेयर कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउने अठोटका साथ मौलापुर नगरपालिका ६ पथराका विजय गिरीजीको छोरीको विवाहमा सहभागी भई सोमवार मेयर साहले विवाह मण्डपमै सहयोग स्वरूप ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरिन् ।
साथै उनले नगर क्षेत्र अन्तर्गतका सम्पूर्ण विपन्न परिवारको छोरीको विवाहमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विवाह भन्दा एक हप्ता अगाडी विवाहको कार्ड सहितको फाइल पेस गर्न आग्रह गरिन्। पेस हुने फाइलकै आधारमा विवाहकै दिन घरमै अनुदान रकमको चेक उपलब्ध गराउने उनले जानकारी गराइन् । छोरीको विवाहपछि आउने फाइलहरू मान्य नहुने नियम लागु भएको मेयर रिना कुमारी साहले जानकारी दिइन् ।
असहायसँग मेयर कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकामा छोरीको बिहेको लागि आर्थिक वर्ष २०७९।०८० मा ५० परिवारलाई आर्थिक सहयोग गरिएको छ।
छोरीको विवाहमा सहयोग स्वरूप जनही ३० हजारका दरले ५० जना परिवार एवं निवेदकको खातामा १५ लाख रुपैयाँ पठाइएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए बाँकी केही निवेदकको रकम पठाइने प्रक्रियामा रहेको अधिकृत साहले जानकारी दिए ।
मेयर रिना कुमारी साहको पद निर्वाचन आयोगको गत असोज २९ गतेको निर्णय एवं ३० गतेको सूचनाबाट रिक्त भएको थियो। सर्वोच्च अदालतको गत कार्तिक २४ को फैसला बमोजिम गत ५ गते पुनः कार्यभार सम्हालेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण