हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुँदै
मकवानपुर । हेटौँडामा एसियाली देशहरूको सहभागितामा बुद्धिचाल प्रतियोगिता हुने भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा मंसिर १३ गतेदेखि ‘हेटौँडा कप’ एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० को आयोजना हुने भएको हो ।
मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा ५ दिनसम्म एसियाली राष्ट्रका खेलाडीहरूको सहभागितामा प्रतियोगिता हुने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।
मंसिर १३ गतेदेखि १७ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका १२० जना खेलाडीले सहभागिता जनाउने उनले बताए । अध्यक्ष श्रेष्ठका अनुसार हालसम्मको अवस्थामा प्रतियोगितामा सहभागिताका लागि १०१ जना खेलाडीको नाम दर्ता भइसकेको र अन्य खेलाडीहरूले पनि नाम दर्ता गर्ने क्रम जारी रहेको छ ।
स्विस नियमअनुसार नौ राउन्डमा हुने प्रतियोगिता ९ चरणमा खेलाइने उनको भनाई छ । प्रतियोगितामा सहभागीताका लागी १० हजार रुपैयाँ रजिस्ट्रेसन शुल्क तोकिएको छ भने प्रतियोगितामा सहभागी खेलाडीहरूका लागी खाने र बस्नेको लगायतको व्यवस्थापन आयोजकले गर्ने उनले बताए ।
बुद्धिचाल महासंघका केन्द्रीय महासचिव एवम् प्रतियोगिताका निर्देशक धरम लामाका अनुसार हालसम्म भारतबाट सबैभन्दा बढी खेलाडीहरूले रजिस्ट्रेसन गरेका छन् । प्रतियोगितामा सहभागिताका लागि भारतबाट हालसम्म ६० जना भन्दा बढी खेलाडीले रजिस्ट्रेसन गरेका छन् भने बंगलादेशबाट ६ जना, श्रीलंकाबाट एक जना र नेपालका ३४ जना खेलाडीले नाम दर्ता गरेको उनले बताए ।
प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्दा दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रो स्थानका खेलाडीले ४० हजार रुपैयाँ हात पाउँने छन् । यसैगरी प्रतियोगितामा चौथो हुनेले २५ हजार रुपैयाँ र पाँचौँ हुने खेलाडीले २० हजार रुपैयाँ जित्नेछन् ।
यस्तै छैठौंदेखि दशौं स्थानसम्मका प्रत्येक प्रतियोगिले नगद १५ हजार, एघारौँदेखि पन्ध्रौँसम्मले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् भने प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय लगाएत विभिन्न विद्यामा ३८ जनाले नगदसहित पुरस्कार प्राप्त गर्ने महासचिव लामाले बताए ।
प्रतियोगिता आयोजनाका लागि ६१ लाख १२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने प्रतियोगिता सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका, हेटौँडाका केही वडा कार्यालय, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश र राष्ट्रिय खेलकुद परिषदले आर्थिक सहयोग उपलब्ध गराएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण