इमरान खानका पूर्व सल्लाहकारमाथि बेलायतमा एसिड आक्रमण
लण्डन । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानका सल्लाहकारमाथि बेलायतस्थित निवासबाहिर एसिड आक्रमण भएको छ । मिर्जा शहजाद अकबरले एसिड आँखामा पर्नबाट जोगिए पनि उनको शरीरमा भने चोट लागेको बताएका हुन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै अकबरले आक्रमणकारीहरूले एसिड फालेर भागेको जानकारी दिएका छन् । उनले यस्तो कार्यबाट आफू नडराएको र कदापि नझुक्ने बताएका छन् । उनले परिवारसहित पाकिस्तान छाडेर बेलायत आए पनि कयौँ धम्की आएको जानकारी दिए । उनले यस घटनामा को संलग्न हुन सक्छन् भन्ने चाहिँ खुलाएनन् ।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताए पनि हालसम्म कसैलाई पक्राउ गरेको छैन । इमरान खानलाई गत वर्ष पदबाट हटाइएको थियो हाल उनी विभिन्न आरोपमा जेलमा रहेका छन् । खानले यसलाई राजनीतिबाट प्रेरित भएको बताउँदै आएका छन् भने पाकिस्तानी अधिकारीहरूले उक्त आरोप अस्वीकार गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण